कुखुराको उत्पादन ११.१ प्रतिशतले घट्यो, बाख्राको भने ४.९ प्रतिशतले वृद्धि
पछिल्ला वर्षहरूमा रैथाने पशुको तुलनामा उन्नत नश्ल र बढी उत्पादन क्षमताका गाई भैंसीको सङ्ख्यामा वृद्धि भई दूध उत्पादनमा उल्लेखनीय वृद्धि भएको अर्थ मन्त्रालयले जनाएको छ।
बाख्रा र बङ्गुरको सङ्ख्यामा पनि वृद्धि भएको छ। व्यावसायिक बाख्रापालनमा युवाको बढ्दो आकर्षण, बोयर लगायतका उन्नत जातको बाख्रा आयात तथा स्थानीय जातको बाख्राको नश्ल सुधारबाट बाख्राको सङ्ख्यामा वृद्धि भएको छ। त्यस्तै चालु आर्थिक वर्षमा सुँगुर/बङ्गुरको सङ्ख्यामा करिब ४.६ प्रतिशतले वृद्धि हुने अनुमान छ। कुल बङ्गुर मध्ये करिब १९ प्रतिशत उन्नत जातका बङ्गुरहरू रहेका छन्।
कोभिड-१९ को कारण पशुपन्छी व्यवसायमा प्रतिकुल प्रभाव परेको पनि मन्त्रालयले जारी गरेको आर्थिक सर्वेक्षणमा उल्लेख गरिएको छ। आर्थिक वर्ष २०७७/७८ मा कुखुराको उत्पादन सङ्ख्यामा ११.१ प्रतिशतले सङ्कुचन आएको छ। भैंसी र भेडाको सङ्ख्या समेत घटेको छ। यद्यपि बाख्राको सङ्ख्या ४.९ प्रतिशतले वृद्धि भएको छ।
आर्थिक वर्ष २०७६/७७ मा भैंसी बाहेक सबै पशुपन्छीहरूको सङ्ख्यामा वृद्धि भएकोमा सबै भन्दा बढी कुखुरामा ९.१ प्रतिशत र बाख्रामा ४.३ प्रतिशतले वृद्धि भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण