दूध उत्पादनमा वृद्धि हुँदै : अर्थ मन्त्रालय
विगत तीन दशकदेखि उन्नत नश्लको प्रयोग गरी सञ्चालन गरिएका प्राकृतिक तथा कृत्रिम गर्भाधान कार्यक्रमको प्रभावले उन्नत नश्लको गाई र भैंसीको सङ्ख्यामा उल्लेख्य वृद्धि भई दूध उत्पादन तथा उत्पादकत्वमा क्रमशः वृद्धि हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म दूधको उत्पादन १७ लाख ३९ हजार मेट्रिक टन पुगेको हो । आर्थिक वर्ष २०७७/७८ मा त्यस्तो उत्पादन २४ लाख ८० हजार मेट्रिक टन रहेको थियो।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ फागुनसम्म १ अर्ब ८ करोड ३२ लाख गोटा अण्डा उत्पादन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा बर्डफ्लु लगायतका कारण अण्डाको उत्पादन ७.८ प्रतिशतले सङ्कुचन हुँदा उत्पादन १ अर्ब ४९ करोड ३६ लाख गोटा पुगेको थियो।

मासु उत्पादन ७.४५ आर्थिक वर्ष २०७८/७९ फागुनसम्म मासुको उत्पादन ३ लाख ८१ हजार मेट्रिक टन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा मासुको उत्पादनमा ५.७ प्रतिशतले सङ्कुचन आई कुल ५ लाख २० हजार ७ सय मेट्रिक टन रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नश्ल सुधार, कृत्रिम गर्भाधान र व्यवसायिक पशुपन्छी पालन कार्यक्रमको प्रभावकारिता अभिवृद्धि भई मासुको उत्पादन ५४.६ प्रतिशतले वृद्धि भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न ठाउँमा चोरी गर्ने गिरोह पक्राउ, सुनचाँदीका गहना, ड्रोन र नगद बरामद
-
युक्रेनद्वारा पाँच रुसी ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी
-
भोजनबाट अन्डा हटेपछि भारतमा पोषणसम्बन्धी बहस
-
‘हामी कोहीसँग डराउँदैनौँ, तर स्पेनको गुणस्तरीय खेलको सम्मान गर्छौँ’
-
इबोला उपचार केन्द्रका स्वास्थ्यकर्मीले तलब पाएनन्, गरे हडताल
-
अलैँची, चिया र किबीमा व्यावसायिक बन्दै ‘तुलसी’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
