दूध उत्पादनमा वृद्धि हुँदै : अर्थ मन्त्रालय

विगत तीन दशकदेखि उन्नत नश्लको प्रयोग गरी सञ्चालन गरिएका प्राकृतिक तथा कृत्रिम गर्भाधान कार्यक्रमको प्रभावले उन्नत नश्लको गाई र भैंसीको सङ्ख्यामा उल्लेख्य वृद्धि भई दूध उत्पादन तथा उत्पादकत्वमा क्रमशः वृद्धि हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म दूधको उत्पादन १७ लाख ३९ हजार मेट्रिक टन पुगेको हो । आर्थिक वर्ष २०७७/७८ मा त्यस्तो उत्पादन २४ लाख ८० हजार मेट्रिक टन रहेको थियो।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ फागुनसम्म १ अर्ब ८ करोड ३२ लाख गोटा अण्डा उत्पादन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा बर्डफ्लु लगायतका कारण अण्डाको उत्पादन ७.८ प्रतिशतले सङ्कुचन हुँदा उत्पादन १ अर्ब ४९ करोड ३६ लाख गोटा पुगेको थियो।
मासु उत्पादन ७.४५ आर्थिक वर्ष २०७८/७९ फागुनसम्म मासुको उत्पादन ३ लाख ८१ हजार मेट्रिक टन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा मासुको उत्पादनमा ५.७ प्रतिशतले सङ्कुचन आई कुल ५ लाख २० हजार ७ सय मेट्रिक टन रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नश्ल सुधार, कृत्रिम गर्भाधान र व्यवसायिक पशुपन्छी पालन कार्यक्रमको प्रभावकारिता अभिवृद्धि भई मासुको उत्पादन ५४.६ प्रतिशतले वृद्धि भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अरुण प्रवेश मार्ग मुआब्जा : कार्यदलले काम थाल्यो
-
मधेस प्रदेशसभा : संविधानप्रदत्त अधिकारका लागि सङ्कल्प प्रस्ताव पारित
-
मेलम्चीको पानी चाँडै पथान्तरण गर्न मन्त्री यादवलाई सुझाव
-
आत्महत्या रोकथाम र नियन्त्रणका लागि स्थानीय तहले बजेट छुट्याउनुपर्छ : मन्त्री श्रेष्ठ
-
एनसेल खरिदबिक्री प्रकरणमा सरकारबाट समिति बनाएर अध्ययन गर्नेकुरा बेकारको नाटक : सभापति लामिछाने
-
प्रकाश सपुत विवाद : भिडियो निर्माता शुभारम्भले माग्यो माफी