नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिँदै सरकार
शुक्रबार, २० जेठ २०७९, ०९ : २५
सरकारले स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण दिने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३० वैशाखमा भएको निर्वाचनबाट चयन भएर आएका ७५३ वटै स्थानीय तहका प्रमुख र उपप्रमुखलाई दुई दिने अभिमुखीकरण दिन लागेको हो ।
मन्त्रालयका सहसचिव डा. गोपिकृष्ण खनालका अनुसार जनप्रतिनिधिलाई ‘स्थानीय सरकार सञ्चालन तथा स्थानीय विकास’सम्बन्धी अभिमुखीकरण दिइने भएको हो । प्रदेश-१ र सुदूरपश्चिम प्रदेशमा २५-२६ जेठ अभिमुखीकरण दिइने भएको छ भने मधेस, गण्डकी र कर्णालीमा २७-२८ जेठमा मिति तय भएको छ ।
त्यस्तै, बागमती र लुम्बिनीमा ३०-३१ जेठमा अभिमुखीकरणको कार्यतालिका तय भएको छ । कार्यक्रम स्थलको जानकारी सम्बन्धित प्रादेशिक सुशासन केन्द्रमार्फत हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण