जनकपुरधाम कार्यपालिका सदस्यमा कांग्रेसका छ र एमालेका दुई जना निर्वाचित
शनिबार, २१ जेठ २०७९, १० : ४०

जनकपुर उपमहानगरपालिकाको कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा नेपाली कांग्रेसबाट छ र नेकपा एमालेका दुई उम्मेदवार निर्वाचित भएका छन् । कार्यपालिका सदस्यको लागि भएको निर्वाचनमा कांग्रेसबाट राकेशविक्रम साह र एमालेबाट सन्तोषकुमार महतो र दीपेन्द्रकुमार साह निर्वाचित भए ।
महिला सदस्यमा कांग्रेसकी फूलकुमारी देवी, मनिषाकुमारी देवी, सारदा पन्त, शैलकुमारी चौधरी र संजू देवी निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
नगरपालिकामा निर्वाचित भएका महिला सदस्यमध्ये पाँच महिला र बाहिरबाट तीन गरी आठ जनालाई कार्यपालिका सदस्यमा राख्ने प्रावधान रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कक्षा १२ को परीक्षा सुरु, परीक्षा हलभित्र मोबाइल फोन र स्मार्ट घडी लैजान निषेध
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
नवनियुक्त राज्यमन्त्रीको शपथ ग्रहण आज
-
वर्षाले नारायणघाट–बुटवल सडक र कान्ति लोकपथ अवरुद्ध
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्राधिकरणको श्वेतपत्र : कहाँ मिलेन हितेन्द्र र कुलमानको हिसाब ?