आज यी १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने सम्भावना, सतर्क रहन आग्रह
सोमबार, २३ जेठ २०७९, ०८ : ४१

देशका १२ जिल्लाका साना नदी नालाहरूमा आज बहाव बढ्ने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बाग्मती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लमजुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदी नालाहरूमा बहाव बढ्ने सम्भावना छ ।
देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहाव सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण
-
१ सय दिनभित्र नतिजा प्रकाशन गर्नुपर्नेमा ४ सय दिनसम्म लगाउँछ त्रिवि