कैलालीमा २४ प्रतिशतले मात्र लगाए बुस्टर डोज
कैलालीमा स्थानीय तहमै विभिन्न समयमा कोरोना भाइरसविरुद्धको खोप लगाइँदै आइएको छ । खोपबाट कोही नछुटुन् भनेर कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा तथा दुवै मात्रा लगाएका तीन महिना पुगेकालाई बुस्टर डोज लगाइने गरिएको छ । विभिन्न भ्रम र अफवाहका कारण कैलालीमा अहिलेसम्म २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएको तथ्याङ्क छ ।
कोरोना भाइरसविरुद्धको खोप लगाएकालाई ज्वरो आउने, सुई लगाएको ठाउँमा धेरै दुख्ने, आलस्यता लाग्नेजस्ता समस्या आउँछ भनेको सुनेर बुस्टर डोज लगाउन हिच्किचाइरहेको टीकापुरकी निर्मला चौधरीले बताइन् । 'डोज लगाएकाहरूसँग कुरा गर्दा समस्या हुन्छ भन्न थाले, त्यसैले मैले त अहिलेसम्म लगाएको छैन, खोप लगाउने समय गुज्रिसकेको छ”, उनले भनिन्, “गाह्रो हुन्छ भनेर बुस्टर डोज लगाइँन ।'
कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिले बुस्टर डोज लगाउने गर्छन् । सरकारले १२ वर्षमाथिका सबै नागरिकलाई खोप अनिवार्य लगाउन आग्रह गरेको छ । खोपबारे भ्रम र अफवाह फैलिँदा नलगाएको टीकापुरकी रिमा चौधरीले बताइन् । 'पहिलो र दोस्रो मात्रा लगाएँ, बुस्टर डोज लगाएकी छैन', उनी भन्छिन् ।
कैलालीमा अहिलेसम्म ८१ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोपको पहिलो र दोस्रो मात्रा लगाएका छन् भने २४ प्रतिशतले मात्र बुस्टर डोज लगाएका छन् । कैलाली भारतसँग सीमा जोडिएको क्षेत्र हो । यहाँ कोरोनाको जोखिम छ । बुस्टर डोज लगाउन अति आवश्यक रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख लालसिंह धामी बताउछन् ।
कैलालीमा अहिलेसम्म एक लाख ७८ हजार ७०८ जनाको कोरोना परीक्षण गरिएको छ । यसमध्ये २४ हजार ५९४ जनामा सङ्क्रमण पुष्टि भएको छ । कैलालीमा ३५६ जनाको कोरोनाका कारण मृत्यु भएको तथ्याङ्क छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पृथ्वीराजमार्ग जोड्ने वैकल्पिक रानीटारी–घुम्ती मार्ग १६ दिन बन्द
-
राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
-
कोशी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा, दिनभरको मौसम कस्तो रहला ?
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो