शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कचनकवलका प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक  सहयोग

बुधबार, २५ जेठ २०७९, १० : ०९
बुधबार, २५ जेठ २०७९

झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार  सहयोग गर्न लागिएको हो ।

आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।

वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेरावारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि  भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न लागिएको बताएका छ्न । त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्ट लाई मध्य नजर गर्दै  वडा कार्यालय नजिकैको बैंकबाट भत्ता उपलब्ध गराउने पहलकदमी शुरु गरिएको उनले बताए ।

युवा विद्यार्थीहरुको लागि खेलकुदलाई महत्त्वका साथ हेरेका लिम्बूले  खेलकुद विकासको लागि गाउँपालिका स्तरीय र वडा स्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छन् । आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र क्रिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारण रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप