कचनकवलका प्रत्येक सुत्केरी आमालाई ५ हजार आर्थिक सहयोग
झापाको कचनकवल गाउँपालिका वडा नम्बर १ ले आफ्नो वडामा सुत्केरी भएका आमा र बच्चाको पोषणको लागि ५ हजार रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । वडा अध्यक्ष महावीर लिम्बुका अनुसार यही चालु आर्थिक वर्ष साउनदेखि लागू हुनेगरी सुत्केरी आमाहरू र बच्चालाई पोषण उपलब्ध गराउने हेतुले ५ हजार सहयोग गर्न लागिएको हो ।
आदिवासी समुदायको बाहुल्य रहेको उक्त वडाका नागरिकको मृत्यु भएमा पनि क्रिया खर्च वापत ५ हजार सहित संवेदना पत्र वडाले लैजाने वडाको पहिलो मिटिङ्ग्ले निर्णय गरेको अध्यक्ष लिम्बुले बताए ।
वडा अध्यक्ष लिम्बूका अनुसार साविक घेरावारी गापा रहेको वडा नम्बर १ का किसानको हितको लागि भोल्टेज सुधार कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बड्न लागिएको बताएका छ्न । त्यस्तै सामाजिक सुरक्षा भत्ताका कारण बृद्ध अवस्थाका नागरिकले पाएको कष्ट लाई मध्य नजर गर्दै वडा कार्यालय नजिकैको बैंकबाट भत्ता उपलब्ध गराउने पहलकदमी शुरु गरिएको उनले बताए ।
युवा विद्यार्थीहरुको लागि खेलकुदलाई महत्त्वका साथ हेरेका लिम्बूले खेलकुद विकासको लागि गाउँपालिका स्तरीय र वडा स्तरीय समिति मार्फत उपलब्धि उन्मुख कार्ययोजना सहित काम गर्ने बताएका छन् । आदिवासी समुदायका कारण पन्जिकरणमा देखिएको समस्यालाई हल गर्न समेत सुत्केरी र क्रिया खर्च सहयोगले मद्दत पुग्ने उनको धारण रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण