पाकिस्तानमा लागू हुने भयो हप्तामा दुईदिन बिदा
पाकिस्तानले आफ्नो सरकारी कार्य हप्तामा ६ बाट घटाएर पाँच दिन पुर्याउने भएको छ । ऊर्जा र इन्धन खपत कम गर्न सरकारले पछिल्लो योजना ल्याएको हो । योजनालाई मंगलबार मन्त्रिपरिषद्ले अनुमोदन गरेको छ ।
गठबन्धन सरकारको मन्त्रिपरिषद्ले ल्याएको योजनामा इन्धन र ऊर्जाको प्रयोग घटाउनका लागि विभिन्न मितव्ययी उपाय समावेश छन् । पछिल्लो समयमा पाकिस्तानमा उर्जा संकट चर्किएको छ । लोडसेडिङको समय र इन्धनको मूल्यमा बृद्धि हुँदा अर्थव्यवस्था नराम्ररी प्रभावित भएको छ । गर्मी महिनामा बढ्दो मागको सामना गर्न देशको उर्जा उत्पादन घाटामा छ ।
‘हामीले गम्भीर संकट सामना गरेका छौँ । ऊर्जा संरक्षणका उपायहरू अपनाउनु आवश्यक छ । हामीले ऊर्जा बचत गर्न हरेक विकल्पमा जान आवश्यक छ’, सूचना मन्त्री मरियम औरंगजेबले मंगलबार एक पत्रकार सम्मेलनमा भने ।
मानिसहरूलाई शुक्रबार घरबाट काम गर्न दिने र इन्धन भण्डारमा बोझ कम गर्न व्यावसायिक बजारहरु बन्द गर्ने बारेमा पनि अध्ययन भइरहेको छ । एक सातामा पेट्रोलको मूल्य ४० प्रतिशतले बढेपछि देशमा आक्रोश बढिरहेका बेला मन्त्रिपरिषद्ले सरकारी कर्मचारी र मन्त्रिपरिषद्का सदस्यलाई दिइने पेट्रोल भत्ता ४० प्रतिशतले घटाउने निर्णयसमेत गरेको छ ।
मन्त्रिपरिषद्ले सरकारी अधिकारी र मन्त्रीहरूको अनावश्यक विदेश भ्रमणमा पूर्ण प्रतिबन्धलाई पनि अनुमोदन गरेको छ । ‘सम्बन्धित समितिले अनुमति दिएपछि मात्र अनिवार्य भ्रमण र महत्वपूर्ण द्विपक्षीय भ्रमणलाई अनुमति दिइनेछ’, सूचनामन्त्रीले औरंगजेबले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा धादिङको सभापतिमा राजन अर्याल निर्वाचित
-
नारायणगढ–बुटवल यात्रा अब २ घण्टामै, हट्यो हिलो र धुलोको सास्ती
-
राष्ट्रिय स्वतन्त्र पार्टी मोरङको सभापतिमा कँडेल र सचिवमा नेपाल निर्वाचित
-
रास्वपा हुम्ला सभापतिमा ऐडी सर्वसम्मत
-
रौतहटका वनकर्मीमाथि आक्रमण गर्ने आरोपी वीरगन्जबाट पक्राउ
-
विश्वकप २०२६: कडा टचलाइन फिक्चर्स, उत्कृष्ट प्रशिक्षकहरू हुँदै छन् आमने–सामने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण