फौजदारी कसुर तथा कार्यविधिसम्बन्धी विधेयक संसदीय समितिमा पठाउने प्रस्ताव स्वीकृत
शुक्रबार, २७ जेठ २०७९, १२ : १८

फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने विधेयक २०७९ लाई छलफलका लागि संसदीय समितिमा पठाउने प्रस्तावलाई स्वीकृत गरिएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकले सो विधेयकलाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको हो ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्माले सो विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गरेका थिए । बैठकमा उक्त प्रस्तावलाई सभामुख सापकोटाले निर्णयार्थ प्रस्तुत गरे ।
बैठकले सो प्रस्तावलाई सर्वसम्मत स्वीकृत गरेको सभामुख सापकोटाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु
-
परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान
-
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा
-
संसद्मा नीति तथा कार्यक्रममाथि छलफल जारी, सांसदका कुर्सी खाली (तस्बिरहरू)
-
युवा संघको भेलामा झडप, श्रेष्ठ र पौडेल घाइते