न्यायाधीश नहुँदा भारतीय फोटोग्राफरको मुद्दा स्थगितको सूचीमा
मुद्रा सम्बन्धी कसुरमा सात महिनादेखि थुनामा रहेका भारतीय फोटो पत्रकारको मुद्दा स्थगितको सूचीमा परेको छ । ७ न्यायाधीशको दरबन्दी रहेको झापा जिल्ला अदालतमा मंगलबार तीन न्यायाधीशमात्र उपस्थित छन् ।
तीन न्यायाधीशले यी सबै मुद्दामा सुनुवाइ गर्न नभ्याउने भएपछि भारतीय फोटोग्राफर दुर्लभ रोय चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो ।
नेशनल जियोग्राफी, टाइम्स अफ, इण्डिया, वाल स्टिर्ट फोटोबुक लगायतमा काम गर्ने भारतीय फोटो पत्रकार दुर्लभ रोय चौधरीलाई भद्रपुर विमानस्थलबाट गत मंसिरमा पक्राउ गरिएको थियो । नेपालमा डकुमेन्ट्री बनाउन आएका चौधरीलाई नक्कली डलर बोकेको अभियोगमा पक्राउ गरिएको थियो ।
दुर्लभले भिडियो बनाउने क्रममा उडाउने प्रयोजनका लागि फोटोकपी गरेर ल्याएको अमेरिकी मुद्रालाई चलनचल्तीमा प्रयोग गर्न लागिएको भन्दै प्रहरी प्रतिवेदनका आधारमा सरकारले मुद्दा दायर गरेको थियो ।
सो मुद्दाको फैसला गर्न मंगलबार पूर्ण सुनुवाइका लागि इजलासमा पेसी तोकिएको थियो। तर न्यायाधीश अभावमा चौधरीको मुद्दा स्थगितको सूचीमा परेको हो । दुर्लभको विषयमा सर्वप्रथम रातोपाटीले खोज मुलक समाचार प्रकाशन गरेको थियो । त्यसपछि विभिन्न संघसंस्थाले दुर्लभका लागि कानुनी सहायता प्रदान गर्ने घोषणासमेत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानका सर्वोच्च नेतासँग भेट्न तयार छन् ट्रम्प ?
-
पूर्वप्रधानमन्त्री सुशीला कार्कीको सुझाव, ‘सत्तामा पुग्दैमा विपक्षीलाई सिध्याउने खेलमा लाग्नु हुँदैन’
-
वातावरण जोगाउनेलाई विराटनगरको सम्मान
-
संवैधानिक आयोगका १९ पदाधिकारी सिफारिसमा प्रधानमन्त्री मौन
-
लोकतन्त्रको रक्षा र राष्ट्रियता संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री आचार्य
-
कामदार छनौट प्रक्रियामा अनियमितता भएको भन्दै दायर रिटमा लिखित जवाफ माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण