नेपाली र भारु नक्कली नोट सहित एक भारतीय नागरिक पक्राउ
बिहीबार, ०२ असार २०७९, ०८ : ४३
रौतहटको सीमावर्ती क्षेत्र बंकुल चोकबाट नेपाली र भारतीय नक्कली नोटसहित एकजना भारतीय नागरिक पक्राउ परेका छन ।
सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट सरमुजवाबाट सई जयराम यादवको कमान्डमा गएको टोलीले बंकुल चोकबाट भारत गोरखपुर घर भएका २३ वर्षीय सन्जय सक्सेनालाई नक्कली नोट सहित पक्राउ गरेको हो।
सक्सेनाको साथबाट नेपाली एकहजार दरको ५० थान, भारु २ हजार दरको २३ थान र भारु ५ सय दरको १० थान नक्कली नोट बरामद भएको सशस्त्र प्रहरी मधेस प्रदेश प्रमुख तथा छिनमस्ता बाहिनी बर्दिबासका प्रमुख डिआईजी गणेश ठाडा मगरले जानकारी दिए ।
नेपाली र भारु नक्कली नोटसहित एकजना भारतीय नागरिक रौतहट आएको सूचनाको आधारमा सक्सेनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण