रतुवा खोलाको बाढी बस्तीमा पस्यो
झापाको रतुवा खोलामा आएको बाढी बस्तीमा पस्दा एक दर्जनभन्दा बढी घरमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार अविरल वर्षाको कारण रतुवा खोलामा आएको बाढी आइतबार राति करिब ९:४५ बजे दमक नगरपालिका–७ रेडक्रस भवन पछाडि खोला किनार नजिक रहेको वस्तिमा पसेको थियो ।
बाढी पसेर सो स्थान बस्ने विष्णु लिम्बु, सुवास लिम्बु, रामकुमारी लावती, गोमा तामाङ लगायत १३ जनाको घरमा क्षति पुगेको प्रहरीको भनाइ छ । उनीहरूलाई नेपाल प्रहरी र स्थानीय मानिसहरूको सहयोगमा उद्धार गरी सुरक्षित स्थान (आफन्तहरूको घर) तर्फ सारिएको थियो ।
मंगलबार बिहान रतुवा खोलामै आएको बाढीको कारण गौरादह न.पा.वडा नं.६ स्थित टंगुवा बस्तीमा पानी पसेर करिब २५ घर डुबानमा परेको छ । डुबानमा परेको खबर प्राप्त हुना साथ प्रहरी टोली पुग्दा बस्तीमा २ फिट पानी पसेको र अन्य क्षति नभएको पाइएको थियो । सूचना अधिकारी वसन्त पाठकका अनुसार पानी घट्ने क्रममा रहेकोले सो स्थानका मानिस त्यहीँ नै बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण