दमकल कर्मचारीद्वारा सुरक्षण उपकरण माग
प्रदेश नम्वर १ का दमकल चालक तथा अग्नि नियन्त्रकहरूले सुरक्षा उपकरण, आधुनिक तालिम, सम्मानजनक पारिश्रमिक, तह अनुसारको दर्ज्यानी चिह्न अङ्कित पोसाकलगायतको व्यवस्था गर्न ११ बुँदे माग गरेका छन् ।
आगो नियन्त्रणमा खटिनुपर्ने जस्तो जोखिमपूर्ण जिम्मेवारी भएका अग्नि नियन्त्रक तथा दमकल चालकको समस्याबारे स्थानीय पालिका उदासिन भएपछि प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई ज्ञापनपत्र दिँदै समन्वयकारी भूमिका निर्वाह गरिदिन आग्रह गरिएको कमल गाउँपालिकाका दमकल चालक मदन निरौलाले बताए ।
प्रदेश १ का १३ दमकल कर्मचारीले आन्तरिक मामिला तथा कानुन मन्त्रालय समक्ष माग पेश उल्लेख गर्दै उहाँले नगरपालिका र गाउँपालिकाअन्तर्गत कार्यरत दमकल कर्मचारीले सुरक्षाको भरपर्दो व्यवस्था र सम्मानजनक वेतन नहुँदा–नहुँदै पनि विपद् जोखिम न्यूनीकरणको काममा खटिनुपरेको बताएका छन्। प्रदेश मन्त्रालयमा पेश गरिएको ज्ञापनपत्रमा समयानुकूल नियमित तालिम, जीवन बीमा, व्यक्तिगत सुरक्षा उपकरण, सम्मानजनक पारिश्रमिक, जिल्लामा कन्ट्रोल रुम, हरेक दमकलमा दुई चालक, पहाडी क्षेत्रमा साना दमकल, पानी भर्ने उचित व्यवस्था, कर्मचारीको स्थायी रोजगारी र तहगत दर्ज्यानी चिह्नसहित एउटै ढाँचाको पोसाकको व्यवस्था हुनुपर्ने माग गरिएको छ ।
प्रदेश नं १ का १३७ पालिकामध्ये २० पालिकासँग मात्र दमकल छ । मोरङका सात र झापाका ६ पालिकामा मात्र दमकलको सुविधा छ । मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैचा, बेलबारी, उर्लाबारी, लेटाङ, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका, झापाको मेचीनगर, भद्रपुर, बिर्तामोड, अर्जुनधारा, गौरादह र दमक नगरपालिका तथा कमल गाउँपालिकासँग दमकल छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा सवारी दुर्घटना, दुईजनाको मृत्यु, एक घाइते
-
सभापति लामिछानेमाथि लगाइएको आरोप १०० प्रतिशत निराधार हो : मन्त्री अर्याल
-
गृहमन्त्री लामिछानेविरुद्ध माइतीघरमा आन्दोलन गरिरहेको रित्तो ओछ्यान (तस्बिरहरू)
-
अध्यागमन प्रशासनलाई व्यवस्थित र जिम्मेवार बनाउन अधिकार प्रत्यायोजन
-
चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले
-
३३/११ केभी देवनगर सबस्टेसनको उद्घाटन