एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, मन्त्रीका सर्तबारे छलफल हुने
शुक्रबार, १० असार २०७९, ०९ : ३२
सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।
आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण