एकीकृत समाजवादीको पोलिटब्युरो बैठक बस्दै, मन्त्रीका सर्तबारे छलफल हुने
शुक्रबार, १० असार २०७९, ०९ : ३२

सत्तारुढ नेकपा एकीकृत समाजवादीको पोलिटब्युरो बैठक आज शुक्रबार बस्दैछ । एकीकृत समाजवादीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठक तीनकुनेस्थित पार्टी कार्यालयमा बिहान ११ बजे बस्नेछ ।
केन्द्रीय कमिटी बैठकको पूर्वसन्ध्यामा पोलिटब्युरो बस्न लागेको हो । शनिबार केन्द्रीय कमिटी बैठक बस्नेछ भने १३ र १४ असारमा केन्द्रीय परिषदको बैठक डाकिएको छ ।
आजको बैठकमा हालका मन्त्रीहरुले पार्टी समक्ष राखेको सर्तका विषयमा पनि छलफल हुने बताइएको छ। पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले नयाँ मन्त्री थप्दा महिलासहित समावेशी र समानुपातिक प्रतिनिधित्व गराउनुपर्ने सर्त अघि सारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दलतन्त्र विरूद्ध न्यायप्रेमी आम नागरिक एक जुट होऔँ : प्रभु साह
-
संसद्मा रास्वपाको ‘दोहोरो चरित्र’ : सत्तापक्ष बोल्दा नाराबाजी, माओवादी बोल्दा चुपचाप
-
बजेट ल्याएको भोलिपल्ट कर्णालीका अर्थमन्त्रीले भने - कार्यकर्ताहरू कति रिसाउने हो थाहा छैन
-
धवल शमशेर राणालाई ३ लाख धरौटीमा छाड्न आदेश
-
काठमाडौँमा पाँचौँ आदिवासी जनजाती चलचित्र महोत्सव हुने
-
‘खै त मायाले कुरा बुझेको’ मा सुधीर र बिनाको रोमान्स