बेरी नामिबियाको राजदूत प्रस्ताव
मङ्गलबार, १४ असार २०७९, १० : ०१
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत प्रस्तावित भएका छन् । ह्वाइट हाउसले एक वक्तव्यमार्फत राष्ट्रपति जो बाइडेनले यसबारे निर्णय लिएको जानकारी दिएको हो । बेरीले सन् २०१८ को अक्टोबर २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए ।
बेरीको स्थानमा डिन आर थोम्सन नेपालका लागि नयाँ राजदूत बन्ने गत मार्च २९ मा नै निर्णय भइसकेको छ । थोम्सन यसअघि क्वालम्पुरमा रहेको अमेरिकी राजदूतावासमा डेप्युटी चिफ अफ मिसन रहेका थिए । उनले रोमानिया र भारतमा पनि काम गरिसकेका छन् ।
त्यस्तै, काठमाडौँस्थित अमेरिकी राजदूतावासमा डेप्युटी चिफ अफ मिसन रहेका म्यानुअल पी मिकलर तजाकिस्तानका लागि नयाँ राजदूत प्रस्तावित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण