बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

बेरी नामिबियाको राजदूत प्रस्ताव

मङ्गलबार, १४ असार २०७९, १० : ०१
मङ्गलबार, १४ असार २०७९

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरी नामिबियाका लागि राजदूत प्रस्तावित भएका छन् । ह्वाइट हाउसले एक वक्तव्यमार्फत राष्ट्रपति जो बाइडेनले यसबारे निर्णय लिएको जानकारी दिएको हो । बेरीले सन् २०१८ को अक्टोबर २५ मा राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहदाको प्रमाणपत्र बुझाएका थिए ।

बेरीको स्थानमा डिन आर थोम्सन नेपालका लागि नयाँ राजदूत बन्ने गत मार्च २९ मा नै निर्णय भइसकेको छ । थोम्सन यसअघि क्वालम्पुरमा रहेको अमेरिकी राजदूतावासमा डेप्युटी चिफ अफ मिसन रहेका थिए । उनले रोमानिया र भारतमा पनि काम गरिसकेका छन् ।

त्यस्तै, काठमाडौँस्थित अमेरिकी राजदूतावासमा डेप्युटी चिफ अफ मिसन रहेका म्यानुअल पी मिकलर तजाकिस्तानका लागि नयाँ राजदूत प्रस्तावित भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप