रौतहट, कैलाली र कञ्चनपुरमा भारी वर्षा, नागरिकको मोबाइलमा ‘अलर्ट एसएमएस’
बुधबार, १५ असार २०७९, ०६ : २८
देशभर लगातार वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी र तराई क्षेत्र केन्द्रित वर्षा भइरहेको छ ।
पछिल्ला केही घण्टा यता रौतहट, कैलाली र कञ्चनपुरमा ठूलो वर्षा भएपछि बाढी पूर्वानुमान महाशाखाले मोबाइल सेवा प्रदायक कम्पनीमार्फत त्यहाँका स्थानीयको मोबाइलमा ‘अलर्ट’ एसएमएस पठाएको छ ।
महाशाखाका अनुसार रौतहटको गौर र आसपासका क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएको छ । सो क्षेत्रमा रहेका नदीमा बाढीको जोखिम रहेको छ ।
त्यस्तै, कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएपछि मंगलबार राति नै एसएमएस पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण