यस पटकको विश्वकप अर्जेन्टिनाले जित्छ : सुवास नेम्वाङ
एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ फुटबलका फ्यान हुन् । राजनीतिमा जतिसुकै व्यस्त भएपनि उनी देशदेखि विदेशसम्मका महत्वपूर्ण खेलहरु नछुटाइकन हेर्ने प्रयास गर्छन् । फुटबलका फ्यान भएकै कारण नेम्वाङ सार्वजनिक फोरमहरुमा बेलाबेलामा फुटबलको चर्चा गरिरहन्छन् ।
अर्जेन्टिनी स्टार लियोनेल मेस्सीका फ्यान नेम्वाङले यस पटकको विश्वकप अर्जेन्टिनाले जित्ने दाबी छन् । शुक्रबार नेपाल ल क्याम्पसको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङले आफूलाई मनपर्ने खेलाडी मेस्सी भएको उल्लेख गर्दै अर्जेन्टिनाले विश्वकप जित्ने बताएका हुन्।
‘जे होस यो ताली चै अर्जेन्टिनाले मेस्सीले विश्वकप जित्छन् भन्ने मलाई विश्वास छ,’ उपाध्यक्ष नेम्वाङले भने । नेम्वाङले आफूले विश्व फुटबलका चर्चित लिगहरु प्रिमियर लिग, ला लिगा आफूले हेर्ने गरेको पनि बताए ।
मेस्सी पीएसजी गएपछि बार्सिलोनाको खेल हेर्न छाडेको पनि नेम्वाङले बताए । विगतमा पनि नेम्वाङले मेस्सीको टिमले खेल जित्नुपर्ने बताउने गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण