एक वर्षपछि मुगुमा बजार अनुगमन
हिमाली जिल्ला मुगुमा एक वर्षपछि स्थानीय बजार अनुगमन गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय छायानाथ रारा नगरपालिका, नेपाल प्रहरीलगायत अन्य सरोकारवाला निकायको संयुक्त टोलीमा सदरमुकाम गमगढी बजारमा एक वर्षपछि छड्के अनुगमन गरिएको हो ।
सदरमुकाम गमगढी बजारको अदालत चोकबाट सुरु भई सदरमुकामका करिब एक दर्जनभन्दा बढी पसलको अनुगमन गरिएको हो । बजार अनुगमनको क्रममा बढी मात्रा अखाद्य बस्तु, पेय पदार्थ, जंग फुड, मदिरालगायतका सामान बरामद गरिएको अनुगमन टोलीले जनाएको छ । छायानाथ रारा नगरपालिकाका नगर उपप्रमुख ऐश्वर्या मल्ल र सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाको नेतृत्वमा गरेको अनुगमन टोलीले शुक्रबार यहाँका सानादेखि ठूला पसलसम्म अनुगमन गरिएको छ ।
अनुगमनकै क्रममा नागरिकको मृत्युको मुखमा बचाउने यहाँका निजी मेडिकलमा पनि अनुगमन गरिएको र उक्त मेडिकलमा गरिएको अनुगमनमा म्याद नाघेका औषधि, स्यानिटाइजरलगायत म्याद नाघेका औषधिहरू फेला पारि बरामद गरिएको बताए । शुक्रबार गरिएको अनुगमनमा बेसार, पेय पदार्थ, चकलेट, चाउचाउसँगै दर्जनौं प्रकारका लाखौं मूल्यका खाद्यान्न बस्तुहरू बरामद गरिएको सहायक प्रमुख जिल्ला अधिकारी खड्ग बहादुर रोकायाले बताए ।
नागरिक समाज मुगुका अध्यक्ष रूप बहादुर मल्लका अनुसार अनुगमन यहाँका सरोकारवाला निकायले औपचारिकता मात्र देखाएको बताए । तीन/तीन महिनामा गरिनु पर्ने अनुगमन एक वर्षपछि एक पटक मात्र अनुगमन गर्दा यहाँका नागरिकको जीवनमाथि खेलबाड गरेको उनको भनाई छ । अनुगमनको जिम्मेवारी पाएका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय, स्थानीय सरकार, प्रहरी, प्रशासनले अनुगमनको क्रमलाई लापरबाही गरेको उनको आरोप छ ।
नागरिक र स्थानीयको गुनासो लाई सम्बोधन गर्दे हामीले आवश्यकता अनुसार अनुगमन गरिने र स्थानीय तह चुनाव २०७९ को लागि अनुगमनमा ढिलाइ भएको बताए । यता स्थानीय सरकार छायानाथ रारा नगरपालिकाले बजार अनुगमन २०७५ को ऐन पारित नै भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण