पन्तले तोडे धोनीको १७ वर्ष पुरानो रेकर्ड
शनिबार, १८ असार २०७९, १२ : २०
इंग्ल्याण्डविरुद्ध शानदार ब्याटिङ गर्दै ऋषभ पन्तले महेन्द्र सिंह धोनीको १७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । भारतीय विकेटकिपरका रूपमा टेस्ट क्रिकेटमा उनले सबैभन्दा तीव्र गतिमा शतक बनाएका हुन् ।
२८ ओभरमा भारत ५ विकेटको क्षतिमा ९८ रनको खराब स्थितिमा रहेका बेला ब्याटिङ गर्न आएका पन्तले १ सय ११ बलमा शानदार १ सय ४६ रन बनाउँदै भारतको संकटमोचन गरेका हुन् । ५१ बलमा अर्धशतक पुरा गरेका पन्तले ८९ बलमा शतक पुरा गरे । करिब ३ घण्टा ब्याटिङ गरेका पन्तले १९ चौका र छक्का हिर्काए ।
पन्तको शतकको मद्दतले भारतले पहिलो दिनको खेल समाप्त हुँदा ७ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । रवीन्द्र जडेजा ८३ रनमा नटआउट रहेका छन् । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले ३ विकेट लिए भने म्याथ्यु पोट्सले २ विकेट लिए । बेन स्टोक्स र जो रुटले १–१ विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक सेवा एकाइ कार्यक्रम सञ्चालनसम्बन्धी मार्गदर्शन जारी
-
रोजगार सिर्जना र हस्तकला पुस्तान्तरण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
-
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
-
खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ
-
इरानका पश्चिमी र दक्षिणी सहरसम्म फैलियो अमेरिकी आक्रमण
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण