शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

पन्तले तोडे धोनीको १७ वर्ष पुरानो रेकर्ड

शनिबार, १८ असार २०७९, १२ : २०
शनिबार, १८ असार २०७९

इंग्ल्याण्डविरुद्ध शानदार ब्याटिङ गर्दै ऋषभ पन्तले महेन्द्र सिंह धोनीको १७ वर्ष पुरानो रेकर्ड तोडेका छन् । भारतीय विकेटकिपरका रूपमा टेस्ट क्रिकेटमा उनले सबैभन्दा तीव्र गतिमा शतक बनाएका हुन् ।

२८ ओभरमा भारत ५ विकेटको क्षतिमा ९८ रनको खराब स्थितिमा रहेका बेला ब्याटिङ गर्न आएका पन्तले १ सय ११ बलमा शानदार १ सय ४६ रन बनाउँदै भारतको संकटमोचन गरेका हुन् । ५१ बलमा अर्धशतक पुरा गरेका पन्तले ८९ बलमा शतक पुरा गरे । करिब ३ घण्टा ब्याटिङ गरेका पन्तले १९ चौका र छक्का हिर्काए ।

पन्तको शतकको मद्दतले भारतले पहिलो दिनको खेल समाप्त हुँदा ७ विकेटको क्षतिमा ३३८ रन बनाएको छ । रवीन्द्र जडेजा ८३ रनमा नटआउट रहेका छन् । इंग्ल्याण्डका लागि जेम्स एन्डरसनले ३ विकेट लिए भने म्याथ्यु पोट्सले २ विकेट लिए । बेन स्टोक्स र जो रुटले १–१ विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप