२६४ वर्ष पुरानो लक्ष्मीनारायण मन्दिरलाई विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले पहल गर्ने
आइतबार, १९ असार २०७९, ०९ : ४४
मधेसी आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले मधेस प्रदेश सप्तरी जिल्लाको बलान बिहुल गाउँपालिकामा रहेको २५० भन्दा बढी पुरानो लक्ष्मीनारायण मन्दिरको सौन्दर्यीकरण, उचित व्यवस्थापन तथा विश्व सम्पदा सुचीमा सूचीकृत गर्न आयोगले विशेष पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेस प्रदेशको ग्रामीण जिल्लाहरूको अनुगमनको क्रममा रहेका अध्यक्ष दत्तले आज बलान बिहुल गाउँपालिकाको मौवाहा गाउँमा मन्दिर व्यवस्थापन कार्यसमितिका पदाधिकारीसहित स्थानीय बासिन्दाहरूको भेलामा मन्दिरलाई आवश्यक सहयोग, व्यवस्थापन तथा सौन्दर्यीकरण गर्न आयोगले नै मुख्य भूमिका खेल्ने बताए ।
सो मन्दिरको व्यवस्थापनको लागि आफूले एक चरणको काम गरिसकेको र बाँकी काम आयोगले यथाशीघ्र गर्ने उनले बताए। सो छलफलमा नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको पनि उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण