बाबुरामले हतार गरेको महेन्द्र र राजकिशोरको गुनासो
जनता समाजवादी पार्टीमा उत्पन्न विवादबारे नेताहरु खुल्न थालेका छन् । यस क्रममा सो पार्टीका कार्यकारिणी सदस्यहरु महिन्द्र राय यादव र राजकिशोर यादवले संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईमाथि ‘हतारमा निर्णय लिएको’ गुनासो गरेका छन् ।
जसपामा अब आफू नबस्ने निर्णय सुनाएर आएका अध्यक्ष भट्टराईसँग आन्तरिक बैठकमा उनीहरुले ‘हतारमा निर्णय गरेको’ गुनासो गरेका हुन् । डा.भट्टराईले ‘सहमतिमै पार्टीबाट अलग हुने’ निर्णय गर्नु अघिसम्म जसपाका अध्यक्ष उपेन्द्र यादव अल्पमतमा थिए । अध्यक्ष उपेन्द्र यादवसँग बिदा भएर आएपछि भने भट्टराई अल्पमतमा परेको उनीहरुको बुझाइ छ ।
‘बाबुरामजीले हतार गर्नु हुँदैनथ्यो, उपेन्द्र यादव पक्षमा विद्रोह हुने अवस्था आइसकेको थियो, मन्त्री बनाउने दबाब उहाँमाथि थियो, उहाँलाई मन्त्री हेरफेर गर्न दिनुपर्थ्यो,’ जसपाका कार्यकारिणी सदस्य एवं कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले बैठकमा भने, ‘मन्त्री फिर्ता बोलाएर अर्कोलाई पठाएपछिको माहोल हामीले प्रतीक्षा गर्नुपथ्र्यो तर बाबुरामजी हतारमा गएर आफ्नो निर्णय सुनाएर आउनुभयो ।’
उनले जसपा बनाउन आफूहरुको पनि उत्तिकै मेहनत र योगदान रहेको बताए । उनले त्यतिबेला आफूहरुले साथ नदिएको भए आज उपेन्द्र यादव जसपाको अध्यक्ष हुँदैनथे भन्ने टिप्पणीसमेत गरे । ‘जसपा उपेन्द्र यादवको मात्रै पार्टी हो भनेजसरी यताबाट छाड्ने काम भयो,’ उनले भने ।
त्यस्तै, जसपाका अर्का कार्यकारिणी सदस्य राजकिशोर यादव पनि बाबुरामको पछिल्लो कदमप्रति सन्तुष्ट छैनन् । उनी पनि जसपा छाड्ने निर्णय गर्न नहुने पक्षमा छन् । ‘पार्टीभित्र विवाद छ भने त्यसलाई त्यहीँ संघर्ष गरेर हुन्छ कि छलफल गरेर हुन्छ कि समाधान गर्नुपर्थ्यो,’ उनले भने ।
पार्टी विभाजन गरेर कसैलाई फाइदा नहुने प्रस्ट पार्दै उनले यसले मधेसलाई घाटा हुने जिकिर गरे । करिब ८/९ महिनादेखि जसपामा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष भट्टराईबीच द्वन्द्व चल्दै आएको थियो । पार्टीको नेतृत्वका विषयमा जसपामा आन्तरिक द्वन्द्व सुरु भएको थियो । अध्यक्ष भट्टराईले पार्टीको अन्तरिम विधानमा व्यवस्था भए अनुसार दुई जना अध्यक्षको व्यवस्था गर्नुपर्ने भन्दै आइरहेका थिए । तर अध्यक्ष यादव एकल अध्यक्षको पक्षमा थिए ।
अध्यक्ष यादवले पार्टीभित्र देखिएको विवादलाई थामथुम पार्न तीन सदस्यीय हेडक्वाटर बनाएका थिए । पार्टीमा एकजना अध्यक्ष भए पनि हेडक्वाटरमार्फत सामूहिक निर्णय हुने सहमति भएको थियो ।
तर हेडक्वाटर बनाए पनि अध्यक्ष यादवले पार्टीमा एकलौटी निर्णय गरेको आरोप लगाउँदै भट्टराई पक्षका नेताहरुले अन्तरिम विधानमा भएको प्रावधानलाई कार्यान्वयनमा ल्याउन दबाब दिन थाले । त्यतिबेलासम्म भट्टराईको पक्षमा बहुमत थियो । आफूलाई साथ दिने नेताहरुलाई भट्टराईले हस्ताक्षर समेत गराएका थिए ।
यही बीचमा अध्यक्ष यादवले कार्यकारिणी समितिको बैठक राखेर मन्त्री हेरफेर गर्ने निर्णय गरे । सो निर्णयपछि अध्यक्ष भट्टराई पक्षमा रहेका नेताहरु पनि अध्यक्ष यादवतिर लागे । त्यसपछि मात्र डा.भट्टराईले उपेन्द्र यादवसँग भेटेर पार्टीमा एकअर्कालाई आलोचना तथा कारवाही गर्नुको सट्टा सहमतिमै छुट्टिऔं भनि प्रस्ताव गरेका थिए । त्यसमा उपेन्द्र यादवले पनि सहमति जनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण