गुल्मीमा चट्याङ्ग लागेर एक बालकको मृत्यु
मङ्गलबार, २१ असार २०७९, ११ : ०९
गुल्मीको अग्लुङ्ग नेपाने गाउँमा आज बिहान चट्याङ्ग लागेर एक बालकको ज्यान गएको छ । मदाने गाउँपालिका -१ मा पर्ने दिगाउँका गुन्जमान विष्टका १४ वर्षीय छोरा चन्द विष्टको चट्याङ्ग लागेर मृत्यु भएको हो ।
आज बिहान करिव ४ बजे घरमा सुतिरहेको बेला एक्कासी चट्याङ्ग लागेर घाइते भएका विष्टको उपचार गर्न अस्पताल लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक श्याम प्रकाश यादवले जानकारी दिए ।
उनका अनुसार जिल्लाकै छत्रकोट गाउँपालिका-६ दौघामा पनि चट्याङ्ग लागेर टोप बहादुर लम्तरीको गोठको भैंसी मरेको छ । त्यस्तै अबिरल वर्षाका कारण इस्मा गाउँपालिका-१ तरिखर्कका बिनबहादुर रेस्मीको पहिरोले गोठ भत्किँदा एउटा भैंसी मर्नुको साथै करिव सवा दुई लाख बराबरको क्षती भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण