आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

क्व्होलासोथारका २१ घर पहिरोको उच्च जोखिममा

बिहीबार, २३ असार २०७९, १० : ४०
बिहीबार, २३ असार २०७९

लमजुङको  क्व्होलासोथार गाउँपालिका–६ पसगाउँ उपल्लो टोलको २१ घर पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जमिनमा बस्ती रहेकाले जोखिममा परेको गाउँपालिकाका अध्यक्ष सूर्यप्रसाद गुरुङले बताए । ‘दक्ष प्राविधिक ल्याएर पहिरोको थप अनुसन्धान गरेर रोकथाम गर्नुपर्नेछ,’ उनले भने ।

दैनिकजसो पानी परिरहँदा स्थानीयहरू भने त्रसित हुने गरेका छन्। उक्त टोलमा १५० भन्दा बढी स्थानीय पहिरोले घर पुर्छ कि भन्ने चिन्तामा छन्।

क्व्होलासोथार गाउँपालिका वडा नम्बर  ६ का अध्यक्ष मनलाल गुरुङले भने, ‘१५ असारमा ठूलो वर्षापछि पहिरो गएको थियो। सो पश्चात् पटकपटक थप पहिरो जाँदा बस्ती नजिकै पहिरो आइपुग्दा सिंगा बस्ती जोखिममा परेको छ । निर्माणाधीन ग्राभेल सडक बगैँचा पसगाउँ सिङ्दी सडक नै भासिएर पहिरो गएको र घरमाथिका जग्गासमेत सबै चिराचिरा परेकाले जुनसुकै बेला पनि पहिरो जाने सक्ने सम्भावना छ ।’

पहिराले बस्ती जोखिम बनाएकोबारे गाउँपालिका, जिल्ला प्रशासन कार्यालय, प्रहरीलगायत सम्बन्धित निकाय सबैलाई खबर गरिसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप