नेताका सालिक निर्माणका लागि साढे सात करोड
मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटमा नेता तथा शहीदहरुको सालिक निर्माणका लागि करिब साढे सात करोड रुपैयाँ छुट्याएको छ ।
आर्थिक वर्ष २०७९/०८० को बजेटमा सप्तरीमा गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहको सालिक निर्माणका लागि ५० लाख, महोत्तरीमा मैथिली भाषाका महाकवि विद्यापतिको प्रतिमा स्थापना तथा सौन्दर्यीकरणका लागि ५० लाख विनियोजन गरिएको छ । यसैगरी नेपाली कांग्रेसका नेता एवं प्रजातन्त्र सेनानी रामनारायण मिश्रको सालिक निर्माण गर्न ५० लाख, मधेसवादी नेता गजेन्द्रनारायण सिंहको सालिक निर्माण गर्न पाँच करोड र गणेश नेपालीको सालिक निर्माण गर्न ५० लाख रुपैयाँ छुट्याइएको छ ।
यसैगरी जनकपुरधाम उपमहानगरपालिका–२५ मा गन्तन्त्रवादी नेता अरविन्द ठाकुरको सालिक निर्माणका लागि १० लाख, जनकपुरधाम–२३ मा अमर शहीद दुर्गानन्द झा लगायत शहीदहरुको स्मारक निर्माणका लागि ४० लाख रुपैया छुट्याएको छ । विपक्षी दलले भने विकासका लागि भन्दा अनुत्पादक ठाउँमा बजेट विनियोजन भएकोमा असन्तुष्टि जनाएका छन् । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश संसदीय दलका नेता जितेन्द्र सोनलले सरकारले ल्याएको बजेट विकासको पक्षमा नरहेको बताए । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण