करेन्ट लागेर सुर्खेतमा एक जनाको मृत्यु
आइतबार, २६ असार २०७९, १६ : २९
सुर्खेतको गुर्भाकोट नगरपालिकाको मेहलकुना अस्पतालको भवन निर्माणको क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिकाको वडा नं.–६ का १७ वर्षीया विजय विक रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
अस्पतालको भवन निर्माणको काम गर्दैगर्दा करेन्ट लागेको उनको शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी सुजर कार्कीले बताए । विजयको मृत्युसँगै आइतबार आफन्तहरुले मेहलकुना बजारमा प्रदर्शन गरिरहेका छन् । उनीहरुले उचित क्षतिपुर्तिको माग गर्दै प्रदर्शन गरिरहेका हुन् । स्थानीयहरुले सडकमा टायर बालेर आवतजावत बन्द गरेका छन् भने सवारी साधान चल्न सकिरहेका छैनन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण