कालीकोटमा घर भत्किँदा पाँच जना घाइते
कालीकोट जिल्लाको खाँडाचक्र नगरपालिका वडा नम्बर १, पुरानो बसपार्क नजिकै घर भत्किँदा ५ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा खाँडाचक्र नगरपालिका वडा नम्बर १ निवासी ६० वर्षीय मिमकोसा दमाई, वडा नम्बर २ की शिवकला दमाई, नरहरिनाथ गाउँपालिका वडा नम्बर १ का महेन्द्र बिष्ट, वडा नम्बर ५ कै गोरीकला सहकारी र खाँडाचक्र नगरपालिका वडा नम्बर ४ की देउरुपा चौलागाई छन् । आइतबार पुरानो बसपार्क नजिक कर्णाली राजमार्ग जोड्ने सडक भासिन थालेपछि सडक छेउकै सो घर जोखिममा पर्ने देखेर सामान सार्न थालिएको थियो । सामान ओसार्ने क्रममै घर भत्किएको स्थानीयवासीको भनाइ छ ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल कालीकोट लगिएको नेपाल प्रहरीले जनाएको छ । घरभित्र कतिजना थिए भन्ने यकिन विवरण भने नभएको र उद्धार भइरहेको प्रहरीको भनाइ छ । उद्धारका लागि नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरीको टोली खटिएको छ । तत्काल डोजरको माध्यमबाट भत्किएको घर पन्छाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी सिद्धराज न्यौपानेले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण