जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले दियो ११० जना क्यान्सर पीडितलाई यातायात खर्च
जिल्ला जनस्वास्थ्य कार्यालय सुर्खेतले जिल्लाका एक सय १० जना क्यान्सर पीडितलाई यातायात खर्च दिएको छ । चालु आर्थिक वर्षमा एक सय १० जनालाई १० हजारका दरले यातायात खर्च उपलब्ध गराइएको हो ।
जनस्वास्थ्य कार्यालय प्रमुख गणेशभक्त गौतमका अनुसार सुर्खेतमा क्यान्सरको उपचार नहुने र क्यान्सर उपचारका लागि बाहिर जानुपर्ने बाध्यता छ । त्यसैले क्यान्सर पीडितहरुलाई सहयोग होस् भन्ने उद्देश्यका साथ उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको हो ।
गौतमका अनुसार चालु आर्थिक वर्षमा ११ लाख रकम क्यान्सर पीडितको यातायात खर्चमा लगानी भएको छ । उनले भने,‘हामीले प्रत्येक व्यक्तिलाई एकपटक रकम दिने गरेका छौं । यद्यपि आर्थिक अवस्था कमजोर भएकाहरुलाई भने दोहोर्याएर पनि यातायात खर्च दिने गरिएको छ ।’
कार्यालय प्रमुख गौतमका अनुसार दोहोरिएर आएका क्षयरोग बिरामीहरुलाई दिएको पोषण तथा यातायात खर्च अन्तर्गत प्रति व्यक्ति मासिक ५ सयका दरले ६ महिनाको ३ हजारका दरले दुई लाख रकम उपलब्ध गराइएको छ । यस्तै जनस्वास्थ्य कार्यालयले एमडीआर टिवी भएका बिरामीलाई समेत आर्थिक सहयोग गर्ने गरेको छ । चालु आर्थिक वर्षमा प्रति महिना ३ हजारका दरले चार लाख रकम टीबीका बिरामीलाई रकम दिइएको छ ।
कार्यालय प्रमुख गौतमले भने, ‘आमा सुरक्षा कार्यक्रम अन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्स मार्फत अस्पताल पुर्याउने काम पनि भएको छ । त्यस्ता ६ जना महिलाहरुलाई ५१ हजार रुपैयाँ दिइएको छ । यस्तै महिला स्वास्थ्य स्वयंसेविकालाई सम्मान जनक विदाई गर्दा दुई लाख ८० हजार खर्च भएको छ । गौतमले जिल्ला जनस्वास्थ्यले चालु आर्थिक बर्षमा ९५ प्रतिशत भौतिक र ८५ प्रत्ति वित्तिय प्रगति गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण