योजना आयोगलाई पूर्णता नदिनु सरकारको लापरबाही हो : पूर्वमन्त्री केसी
सोमबार, २७ असार २०७९, १८ : २६
कर्णाली प्रदेशकी पूर्व मन्त्री विमला केसीले नौ महिनासम्म योजना आयोगले पूर्णता नपाउनु लापरबाही भएको बताएकी छन् । सोमबार प्रदेशसभामा बजेटमाथिको छलफलमा बोल्दै केसीले योजना आयोगलाई सरकारले तत्काल पूर्णता दिनुपर्ने बताइन् ।
उनले भनिन्,‘ मुख्यमन्त्री नियुक्त भएको नौ महिना भयो । ९/९ महिनासम्म योजना आयोग अपूर्ण हुुनु कतै सरकारकै कमजोरी त हैन ? यो हद दर्जाको लापरबाही हो । कतै समन्वयको कुरामा सरकार आफै कमजोर बनेको त छैन ?’
केसीले पदाधिकारी नभएको योजना आयोगमा बजेट केका लागि छुट्याएका हो भनि प्रश्न समेत गरिन् । सरकारले योजना आयोगलाई पूर्णता दिनुपर्ने उनले बताइन् । मुख्यमन्त्री जीवनबहादुर शाहीले यसअघि योजना आयोगको खासै औचित्य नभएको टिप्पणी गर्दै आएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण