कर्णाली प्रदेशको बजेट बहुमतले पारित
सोमबार, २७ असार २०७९, १८ : ३८
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको बजेट संसदमा बहुमतले पारित भएको छ । सभामुख राजबहादुर शाहीले प्रदेशसभाको दशौं अधिवेशन अन्तर्गतको २३ औं बैठकबाट बजेट पारित भएको जानकारी गराएका हन् ।
सोमबार बजेटमाथि उठेका प्रश्नहरुको मुख्यमन्त्री जीवनबहादुर शाहीले जवाफ दिएका थिए । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्ट बिरामी भएकाले मुख्यमन्त्री शाहीले नै बजेट पारितका लागि प्रस्ताव पेश गरेका थिए । गत असार १ गते अर्थ मन्त्री विष्टले आगामी आव ०७९/०८० का लागि ३२ अर्ब ६१ करोड ६३ हजार बजेट प्रस्तुत गरेका थिए ।
जसमध्ये पुँजीगत तर्फ १९ अर्ब ४३ करोड ५ लाख २४ हजार अर्थात ५९.५८ प्रतिशत छुट्याइएको छ भने चालुतर्फ ९ अर्ब १६ करोड ४९ लाख अर्थात २८.११ प्रतिशत छुट्याइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण