क्यान्सरपीडितलाई आर्थिक सहयोग
जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ११० क्यान्सरपीडितलाई यातायात खर्च प्रदान गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०७८÷७९ मा ती बिररामीलाई जनही रु १० हजारका दरले रु ११ लाख उपलब्ध गराएको हो ।
सुर्खेतमा क्यान्सरको उपचार नहुने र उपचारका लागि बाहिर जानुपर्ने बाध्यता भएका बिरामीलाई थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले उनीहरुलाई यातायात खर्चको व्यवस्थापन गरिएको कार्यालय प्रमुख गणेशभक्त गौतमले जानकारी दिनुभयो ।
“क्यान्सरपीडितलाई एकपटक रकम दिने गरेका छौँ”, उनले भने, “आर्थिक अवस्था अत्यन्तै कमजोर भएका पीडितलाई भने दोहो¥याएर पनि यातायात खर्च उपलब्ध गरिएको छ ।” त्यस्तै दोहोरिएर आएका क्षयरोगका बिरामीलाई दिएको पोषण तथा यातायात खर्चअन्तर्गत प्रतिव्यक्ति मासिक रु ५०० दरले छ महिनाको रु तीन हजारका दरले रु दुई लाख रकम भुक्तानी भएको कार्यालयले जनाएकोे छ ।
उनले भने, “एमडीआर टिबी भएका बिरामीलाई चालु आवमा प्रतिमहिना रु तीन हजारका दरले रु चार लाख रकम भुक्तानी भएको छ । आमा सुरक्षा कार्यक्रमअन्तर्गत आकस्मिक अवस्थाका गर्भवती तथा सुत्केरीलाई एम्बुलेन्समार्फत अस्पताल पु¥याउँदा छ महिलालाई रु ५१ हजार प्रदान उपलब्ध गरेका छौँ ।”
त्यसैगरी महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइका निम्ति रु दुई लाख ८० हजार खर्च भएको छ । चालु आव २०७८÷७९ मा प्राप्त रु १२ करोड बजेटमा ९५ प्रतिशत भौतिक र ८५ प्रतिशत वित्तीय प्रगति भएको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण