आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इटालीलाई कोभिडको दोस्रो बुस्टर डोज प्रयोग गर्न अनुमति

मङ्गलबार, २८ असार २०७९, ०९ : ४५
मङ्गलबार, २८ असार २०७९

इटालीले चाँडै नै ६० वर्षभन्दा  माथिका सबैलाई कोभिडको दोस्रो बुस्टर डोज प्रदान गर्ने भएको छ । युरोपेली युनियनको स्वास्थ्य निकायहरुको अनुमतिपछि उसले दोस्रो बुस्टर दिन लागेको हो । 

युरोपभर  संक्रमण र कोभिडका कारण अस्पतालमा भर्ना हुने नयाँ बृद्धिबीच युरोपेली स्वास्थ्य निकाय एआईएफएले सोमबार बुस्टरका लागि सिफारिस गरेको थियो । पछिल्ला दिनमा सुस्त बनेको खोप अभियानलाई सरकारले पुनः गति दिन राष्ट्रिय निर्णयहरू सहज बनाउने अपेक्षा गरिएको छ ।

स्वास्थ्यमन्त्री रोबर्टो स्पेरान्जाले सरकारले इटालीका २० क्षेत्रीय प्रशासनलाई राष्ट्रिय चिकित्सा एजेन्सी एआईएफएको स्वीकृतिपछि दोस्रो बुस्टर अभियान सुरु गर्न अनुमति दिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप