राजस्व सचिवको विदेश सयर
आर्थिक वर्षको अन्तिम समयमा लक्षित राजस्व फेला पार्न दिनरात खटिनुपर्नेमा राजस्व सचिव कृष्णहरि पुस्कर एक साता लामो विदेश सयर गरेर फर्केका छन्। सरकारले चालु आर्थिक वर्षमा राखेको राजस्व असुलीको लक्ष्य सुरुका महिनादेखि नै पूरा हुन सकेको छैन । यस्तोमा आर्थिक वर्षको अन्तिम समयमा लक्ष्य पूरा गर्न हरतरहबाट प्रयास गर्ने जिम्मेवारीमा बसेका राजस्व सचिव पुस्कर भने एक साता विदेशमै रमाए।
अस्ट्रियामा करसम्बन्धी तालिममा भाग लिन असार २१ गते त्यसतर्फ गएका सचिव पुस्कर २७ मा मात्र मन्त्रालय आए। पूर्वअर्थमन्त्री जनार्दन शर्माले पुस्करको भ्रमण स्वीकृतिका लागि सबै व्यवस्था मन्त्रिपरिषद्बाट मिलाइदिएका थिए। चालु आर्थिक वर्षमा सरकारले कर र गैरकर गरी ११ खर्ब ८० अर्ब ६० करोड रूपैयाँ राजस्व असुली गर्ने लक्ष्य राखेको छ। असार २७ सम्म १० खर्ब ८ अर्ब २३ करोड संकलन भएको छ। यो लक्ष्यको ८५.४ प्रतिशत हो। आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अतिरिक्त समयमा फेरि बराबरी: केप भर्डेले अर्जेन्टिनालाई पुनः झट्का दियो
-
अतिरिक्त समयमा अर्जेन्टिनाले अग्रता बनायो
-
केप भर्डेले साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा धकेल्यो
-
केप भर्डेले अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्कायो
-
पहिलो हाफमा मेस्सीको गोलले अर्जेन्टिना अगाडि
-
मेस्सीले हाने गोल, केप भर्डेविरुद्ध अर्जेन्टिनाको अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण