कर्णालीका स्थानीय तहले करारका कर्मचारी धमाधम हटाउँदै
कर्णाली प्रदेशका स्थानीय तहले धमाधम करारका कर्मचारी हटाउन थालेका छन् । दैलेखको ठाँटीकाँध गाउँपालिकाले मंगलबार करारका कर्मचारीको म्याद थप नगर्ने निर्णयसहित सूचना जारी गरेको छ । यसअघि कालिकोटको शुभकालिका गाउँपालिकाले साउन ४ देखि करारका कर्मचारीको सम्झौता नवीकरण नहुने सूचना जारी गरेको थियो । स्थानीय तहको कार्यालय, अस्पताल तथा विद्यालयमा कार्यरत करारका कर्मचारीको करार सम्झौता नवीकरण नहुने सो पालिकाले जनाएको हो ।
ठाटीकाँध गाउँपालिकाले भने पोषण शाखादेखि प्राविधिक शाखाका करार कर्मचारीलाई हाजिर नहुन सूचना नै जारी गरेको छ । शुभकालिका र ठाटीकाँध मात्र होइन, कर्णालीका अन्य पालिकाले पनि धमाधम करार कर्मचारीलाई हटाउन थालेका छन् । वैशाख ३० को स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुले आन्तरिक आयस्रोतबाट तलब भत्ता खाने गरी राखिएका कर्मचारीले पालिकाको आर्थिक व्ययभार बढाएको भन्दै हटाउन थालेका हुन् ।
ठाटीकाँध गाउँपालिकाले पहिलो चरणमा ७ जना कर्मचारीलाई हटाउने बताएको छ । पालिकाका अध्यक्ष रक्षबहादुर शाहीले कामभन्दा पनि राजनीतिमा बढ्ता संलग्न हुने गरेका त्यस्ता कर्मचारीले पालिकामा आर्थिक भार थोपरेको बताए ।
उनले भने, ‘हामीले पहिलो चरणका ७ जनालाई हटाउने निर्णय गरेका छौं । पछि अन्य कर्मचारीलाई पनि हटाउँदै जानेछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण