आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

राजापाक्षेलाई सिंगापुर लैजान निजी जेट माल्दिभ्स पुग्यो

बिहीबार, ३० असार २०७९, १२ : ५८
बिहीबार, ३० असार २०७९

देश छोडेर भागेका श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेलाई सिंगापुर लैजान एउटा निजी जेट माल्दिभ्स पुगेको छ । एक निजी जेट माल्दिभ्सको राजधानी मालेमा केही समयअघि अवतरण गरेको र राष्ट्रपति गोटाबाया राजापाक्षे सिंगापुरको लागि प्रस्थान गर्ने तयारीमा रहेको डेली मिररले जनाएको छ । 

राजापाक्षे, उनकी श्रीमती इओमा राजपाक्षे र दुई सुरक्षा अधिकारीहरु गत राति मालेबाट सिंगापुरका लागि सिंगापुर एयरलाइन्सको विमानमा चढ्ने तयारीमा थिए । तर, सुरक्षाको कारणले गर्दा निर्धारित समयमा उड्न नसकेको जनाइएको छ ।

त्यसपछि राजापाक्षेले माल्दिभ्स प्रस्थान गर्न निजी जेटको लागि अनुरोध गरेका थिए । माल्दिभ्सका अधिकारीहरूले राति अबेरसम्म छलफल सुरु गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप