उच्च अदालत सुर्खेतद्वारा ७५६ वटा मुद्दा फछ्र्योट
उच्च अदालत सुर्खेतले चालु आर्थिक वर्षमा ७६९ थान मुद्दा फछ्र्योट गरेको छ। जुन वार्षिक लक्ष्य भन्दा २०८ थान बढी हो । उच्च अदालतका न्यायाधीश माधव प्रसाद पोखरेलका अनुसार चालु आवमा ५६१ थान मुद्दा फछ्र्योट गर्ने लक्ष्य थियो । पोखरेलका अनुसार गत आर्थिक बर्ष २०७७–०७८मा फछ्र्योट हुन बाँकी रहेका २६५ थान मुद्दा थिए भने चालु आवमा ७५६ मुद्दा थपिएका थिए ।
मुद्दाको चाप बढी भएपनि लक्ष्य भन्दा बढी अर्थात ७५.३२ प्रतिशत मुद्दा फछ्र्योट गर्न सफल भएको उनले बताए । उनले भने,‘ अदालतमा दुई बर्ष भन्दा अघिका कुनैपनि मुद्दाहरु बाँकी छैनन् । गत बर्ष फछ्र्योट हुन नसकेका २६५ थान मुद्दा मध्ये अब ८ वटा मात्र बाँकी रहेका छन् ।’
उनका अनुसार फछ्र्योट हुन बाँकी रहेका २४२ थान मुद्दा मध्ये अधिकांश ६ महिनाभित्र मात्रै दर्ता भएका हुन् । ६ महिना भित्रका मुद्दा १७० थान, ६ महिनादेखि १२ महिनाका मुद्दा ८२ थान, १२ महिनादेखि १८ महिना भित्रका मुद्दा ८ थान र त्यहाँ भन्दा माथि नाघेका २५२ मुद्दा फछ्र्योट हुन बाँकी रहेका छन् ।
गत आव ०७७–७९ मा जम्मा ७३३ थान मुद्दा मध्ये ४६८ थान मुद्दा फछ्र्योट भएका थिए । गत आव भन्दा यस बर्ष पुनरावेदन दर्ता संख्या तुलनात्मक रुपमा निकै वृद्धि भएपनि दर्ताको अनुपातमा फछ्र्योट दर पनि बढी रहेकोले पुराना मुद्दा बाँकी नरहेका उनले बताए।
न्यायाधीश पोखरेलका अनुसार उच्च अदालतमा आउने मुद्दा मध्ये सबैभन्दा बढी जबरजस्ती करणीका रहेका छन् । दोस्रोमा ज्यान मार्ने उद्योग सम्बन्धी र तेस्रोमा लागुऔषध सम्बन्धीका मुद्दाहरु छन् ।
उनका अनुसार जबरजस्ती करणी सम्बन्धी मुद्दा १७२ वटा रहेका थिए भने ज्यान मार्ने उद्योग सम्बन्धी १०८ र लागु औषध सम्बन्धी ९१ वटा मुद्दा रहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण