चेल्सीले रोनाल्डो नकिन्ने
शुक्रबार, ३१ असार २०७९, ०९ : ४८

प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने भएको छ । भर्खरै मात्र चेल्सीले म्यान्चेस्टर सिटीबाट रहिम स्ट्रलिङलाई अनुबन्ध गरेको थियो ।
त्यसपछि रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले इच्छा नदेखाएको बीबीसीले जनाएको छ । यसअघि चेल्सीले म्यानचेस्टर युनाइटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउन्डको प्रस्ताव तयारी गरेको थियो ।
पछिल्लो समय युनाइटेड छाड्ने योजना बनाएका रोनाल्डो यो गत सिजन युभेन्ट्सबाट युनाइटेड आएका थिए । रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी रहेको छ । तर, रोनाल्डो त्यसअघि नै क्लब छोड्ने मुडमा छन् ।
युनाइटेडको प्रि सिजन टुरमा पनि रोनाल्डो सहभागि छैनन् । यता युनाइटेड भने रोनाल्डोलाई अझै एक सिजन क्लबमा राख्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोलाबारी लगत्तै भारतको चेतावनी : यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्छ
-
पोखरामा मोटरसाइकल दुर्घटना, देवेन्द्र बास्तोलाको निधन
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन