चेल्सीले रोनाल्डो नकिन्ने
शुक्रबार, ३१ असार २०७९, ०९ : ४८
प्रिमियर लिग क्लब चेल्सीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध नगर्ने भएको छ । भर्खरै मात्र चेल्सीले म्यान्चेस्टर सिटीबाट रहिम स्ट्रलिङलाई अनुबन्ध गरेको थियो ।
त्यसपछि रोनाल्डोलाई अनुबन्ध गर्ने विषयमा चेल्सीले इच्छा नदेखाएको बीबीसीले जनाएको छ । यसअघि चेल्सीले म्यानचेस्टर युनाइटेडका फरवार्ड अनुबन्धका लागि १४ मिलियन पाउन्डको प्रस्ताव तयारी गरेको थियो ।
पछिल्लो समय युनाइटेड छाड्ने योजना बनाएका रोनाल्डो यो गत सिजन युभेन्ट्सबाट युनाइटेड आएका थिए । रोनाल्डोको युनाइटेडसँगको सम्झौता एक वर्ष बाँकी रहेको छ । तर, रोनाल्डो त्यसअघि नै क्लब छोड्ने मुडमा छन् ।
युनाइटेडको प्रि सिजन टुरमा पनि रोनाल्डो सहभागि छैनन् । यता युनाइटेड भने रोनाल्डोलाई अझै एक सिजन क्लबमा राख्ने योजनामा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण