स्थानीय तहमा बेथिति : रुकुमपश्चिम र सल्यानका १६ स्थानीय तहमा ४४ करोडभन्दा बढी बेरुजु
महालेखा परीक्षकको कार्यालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदन अनुसार आर्थिक वर्ष ०७७/७८ मा सल्यान र रुकुम पश्चिमका १६ वटा स्थानीय तहमा ४४ करोडभन्दा बढी रकम बेरुजु देखिएको छ । रुकुम पश्चिमका ६ वटा पालिकाका १० करोड ५१ लाख २० हजार रुपैयाँ बेरुजु देखिएको छ भने सल्यानका १० वटा पालिकामा ३३ करोड ७१ लाख ८० हजार बेरुजु देखिएको हो ।
प्रतिवेदन अनुसार सल्यानको त्रिवेणी गाउँपालिकाको ८१ करोड ९२ लाख ६ हजार रुपैयाँको लेखा परीक्षणमध्ये ३ करोड ४५ लाख ३० हजार अर्थात् ४ दशमलव २२ प्रतिशत बेरुजु देखिएको छ । यस्तै शारदा नगरपालिकाले १ अर्ब ३४ करोड ५५ लाख ६ हजार लेखा परीक्षण गरेकोमा १ करोड ५४ लाख ५८ हजार अर्थात् १ दशमलव १५ प्रतिशत बेरुजु देखिएको छ ।
बनगाड कुपिण्डे नगरपालिकाको १ अर्ब १९ करोड ८६ लाख ४९ हजार लेखा परीक्षण गर्दा ३ करोड ५९ लाख १८ हजार बेरुजु देखिएको छ । यस्तै, बागचौर नगरपालिकाको ६ करोड ११ लाख ८५ हजार, कपुरकोट गाउँपालिकाको २ करोड ३ लाख ८५ हजार, दार्मा गाउँपालिकाको २ करोड ८७ लाख १६ हजार रकम बेरुजु देखिएको छ ।
कालीमाटी गाउँपालिकाको ४ करोड २६ लाख ७५ हजार, कुमाख गाउँपालिकाको ४ करोडभन्दा बढी र छत्रेश्वरीको ३ करोड ७३ लाख ३० हजार बेरुजु रकम देखिएको छ । प्रतिवेदन अनुसार सिद्ध कुमाख गाउँपालिकाको १ करोड ८३ लाख १२ हजार अर्थात् २ दशमलव ८९ प्रतिशत बेरुजु देखिएको छ ।
६ वटा पालिका रहेको रुकुम पश्चिमका पनि बेरुजु रकम धेरै नै छ । ८ अर्ब ३४ करोड ११ लाख ६१ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा १.२६ प्रतिशत रकम बेरुजु देखिएको हो ।
जिल्लाको आठबीसकोट नगरपालिकामा सबैभन्दा बढी बेरुजु देखिएको छ । यो पालिकाको बेरुजु रकम ३ करोड ६६ लाख ७८ हजार छ । यस्तै मुसिकोट नगरपालिकाको ४५ लाख ८४ हजार, चौरजहारीको ३ करोड १५ लाख १ हजार रकम बेरुजु देखिएको छ ।
तीन वटा पालिकामध्ये बाँफिकोटको ६१ लाख ७५ हजार बेरुजु आएको छ भने त्रिवेणी गाउँपालिकाको बेरुजु १ करोड ४५ लाख ५३ हजार छ । यस्तै, सानीभेरी गाउँपालिकामा १ करोड १६ लाख ११ हजार बेरुजु आएको छ । यो पालिकाको कुल १ अर्ब १४ करोड ४६ लाख ६८ हजारको लेखापरीक्षण गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण