भरतपुर महानगरद्वारा महिला स्वास्थ्य स्वयंसेविकाको बिदाइ
भरतपुर महानगरपालिकामा काम गर्ने ४६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई बिदाइ गरिएको छ । शनिबार एक कार्यक्रमका बीच ६० वर्ष उमेर पुगेका र १० वर्ष काम गरिसकेका अवकाश पाएका महिला स्वयंसेविकालाई बिदाइ गरिएको हो ।
भरतपुर महानगरपालिका, स्वास्थ्य कार्यालय चितवन र स्वास्थ्य मन्त्रालय बागमती प्रदेशको संयुक्त आयोजनामा सेवा निवृत्त भएका स्वयंसेविकालाई बिदाइ गरिएको थियो । गत वर्षदेखि महानगरले महिला स्वयंसेविका कार्यको सम्मान गर्दै बिदाइ गर्दा रु ५० हजारका दरले नगद दिने व्यवस्था मिलाएको छ ।
त्यस्तै प्रदेश सरकारले पनि बिदाइ गर्दा रु २० हजार दिने गरेको छ । बिदाइ कार्यक्रमका प्रमुख अतिथि भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सामुदायिक स्वास्थ्य स्वयंसेविकाको प्रशंसा गरिन् । जनचेतना फैल्याउने कार्य स्वास्थ्य स्वयंसेविकाले गरेको कार्यले धेरैले नयाँ जीवन पाएको मेयर दाहालको भनाई थियो । अवकाश पाएका स्वास्थ्य स्वयंसेविकालाई अझै पनि समुदायमा हुँदै आएको कार्य र सेवा भावलाई निरन्तरता दिन उनले आग्रह गरिन् ।
कार्यक्रममा बोल्दै महानगरका उपप्रमुख चित्रसेन अधिकारीले स्थानीय स्तरमा स्वास्थ्य क्षेत्रको विकासमा स्वास्थ्य स्वयंसेविकाहरूको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम हो : सञ्चारमन्त्री
-
महिनावारीमा दुखाइ कम गर्ने औषधिले बाँझोपन निम्त्याउँछ ?
-
गर्मीको प्रिय फल लिचीलाई कसरी जोगाउने ?
-
जगदम्बा मोटर्सले नेपालमा भित्र्यायो टिभिएस रोनिनको दुई नयाँ भेरियन्ट, यस्ता छन् विशेषता र मूल्य
-
एक सातापछि सगरमाथा आधार शिविर क्षेत्रबाट दावा शेर्पाको उद्धार, थप उपचारको लागि काठमाडौँ ल्याइयो (तस्बिरहरू)
-
अफगानिस्तानमा बारुदी सुरुङ विस्फोट : २ जना बालबालिकाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण