चट्याङमा भेडा गुमाएका कृषकलाई राहत वितरण
पातारासी गाउँपालिका वडा नम्बर ४ लुमका चट्याङमा परि भेडा गुमाएका पाँच जना कृषकलाई राहत वितरण गरिएको छ। कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालय सुर्खेतका सचिव डा. लेखराज दाहाल, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गाैरिनन्द आचार्य, प्रमुख राजुसिंह कठायत र प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले संयुक्त रुपमा कृषकहरुलाई राहत वितरण गरेका हुन् ।
कृषकहरुलाई कूल ५ लाख २० हजार बराबरको राहत उपलब्ध गराइएको छ । यसमध्ये धर्मसिंह रिउले १ लाख ४४ हजार, सुक रिउले १ लाख ७६ हजार, मान बहादुर राेकायाले ८० हजार, शंकर नेपालीले ४० हजार र जाेरा राेकाया ८० हजार पाएका हुन् । प्रति भेडाको चार हजार दरले वितरण गरिएको पशु सेवा कार्यलय जुम्ला प्रमुख गाेविन्द बहादुर महतले बताए ।
गत असार १७ गते पातारासी वडा नम्बर ४ मा पर्ने बागजाले पाटनका चट्याङ परि पाँच जना कृषकका ८० वटा भेडा मरेका थिए भने ३ सय भेडा हराएका थिए। राहत वितरण गर्दै भूमि तथा कृषि सहकारी मन्त्रालयका सुर्खेतका सचिव दाहालले किसानले अनिवार्य बीमा गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
-
सातामा ५२ अङ्कले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए ८७ अर्ब
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण