इमरान खानको पार्टी पञ्जाब उपचुनावमा विजयी
सोमबार, ०२ साउन २०७९, ०७ : २७
आइतबार भएको पञ्जाब विधानसभा सिटमा भएको उपचुनावमा पाकिस्तान तहरीक–इ–इन्साफ (पीटीआई) विजयी भएको छ । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) ले पञ्जाब विधानसभाको २० सिटमा भएको महत्वपूर्ण उप चुनावमा आफ्नो प्रतिद्वन्द्वीलाई विजयको लागि बधाई दिएको छ ।
आइतबारको प्रारम्भिक नतिजा अनुसार, पीटीआई उम्मेद्वारहरूले मुल्तान डेरा गाजी खान, साहिवाल, र खुशाब प्रान्तीय विधानसभा सिटमा विजय हासिल गरेको छ, जबकि पार्टीले प्रान्तका १५ निर्वाचन क्षेत्रहरूमा अग्रता लिएको एक्सप्रेस ट्रिब्युनले जनाएको छ ।
आफ्नो पार्टीको उपचुनाव अभियानको नेतृत्व गरिरहेकी पीएमएल–एन उपाध्यक्ष मरियम नवाजले सत्तारुढ दलले चुनावी नतिजालाई खुला हृदयले स्वीकार गर्नुपर्ने बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली लेवलिङ गरेको २४१ थान कम्युटरसहित २ जना पक्राउ
-
ग्रामीण सडक कालोपत्र भएपछि दैनिकी सहज बन्दै
-
कामना सेवा विकास बैंकले ल्यायो, स्मार्टफोन जित्ने मौका
-
नो इफ, नो बट, प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छौँ : माधव नेपाल
-
लिबियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ५९ जनाको टोली नेपालमा
-
थापा र लेखकको ‘होमवर्क’ बोकेर कांग्रेसतर्फका कार्यदल सदस्य फेरि बैठकमा