आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

बढ्यो तरकारी तथा फलफूलको मूल्य, यस्तो छ आजको मूल्यसूची

सोमबार, ०२ साउन २०७९, ०७ : ५९
सोमबार, ०२ साउन २०७९

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ । नयाँ मूल्यसूची अनुसार अधिकांश तरकारी र फलफूलको मूल्य वृद्धि भएको छ । 

सोमबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ ।  त्यसैगरी अदुवा प्रतिकेजी ५६ रुपैयाँ ६७ पैसा रहेको छ । अनार ३९०, आँप मालदह प्रतिकेजी १७२ रुपैयाँ ५० पैसा र केरा दर्जनको १७० रुपैयाँ तोकिएको छ । 

स्थानीय काउली १०६ रुपैयाँ ६७ पैसा, कागती २४७ रुपैयाँ ५० पैसा, कुरिलो २५० रुपैयाँ र लोकल सानो गोलभेँडा ५० रुपैयाँ  २० पैसा प्रति केजी तोकिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप