प्रहरीका ३४ इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस
नेपाल प्रहरीका ३४ जना इन्स्पेक्टरलाई डीएसपीमा बढुवा गर्न सिफारिस गरिएको छ । प्रहरी महानिरीक्षक नेतृत्वमा बसेको बढुवा समितिले होम बहादुर थापालाई एक नम्बरमा बढुवा सिफारिस गरेको छ ।
बढुवा हुनेमा अधिकांश प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेको ‘विभागीय’ टोली छन् । बढुवाको तीब्र प्रतिस्पर्धामा रहेका पिजी–७ औं समूहका इन्स्पेक्टरहरू बढुवामा छुटेका छन् । १५ वटा दरबन्दी रिक्त राखेर प्रहरी प्रधान कार्यालयले बढुवा सिफारिस सूची प्रकाशन गरेको छ ।
२०७० चैत ९ मा भर्ना भएका प्रहरी निरीक्षकहरूले अस्वस्थ प्रतिस्पर्धा गरेपछि उनिहरुलाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । पोष्ट ग्रयाजुएट डिप्लोमा इन पुलिस साइन्स (पिजी–७) कोर्स गरेका अधिकृतहरूले आर्थिक चलखेल र शक्तिकेन्द्रको दबाव गराएर बढुवा हुने प्रयास गरेका थिए ।
१४५ जना भर्ना भएका सो समूहबाट १५ जनालाई मात्रै बढुवा गर्न करिअर प्लानमा असर पर्ने हुनाले उनिहरुलाई बढुवा नगरिएको प्रहरी प्रधान कार्यालयका एकजना अधिकृतले बताए । बिए पास नगरेका, कारबाहीमा परेका र आधारभूत तालिम नगरेकाहरु बढुवामा छुटेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण