हेटौंडा उपमहानगरमा कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम
हेटौंडा उपमहानगरपालिकामा यही शैक्षिक सत्रबाट उपमहानगरपालिकाअन्तर्गतका विद्यालयमा कक्षा १ देखि कक्षा ३ सम्म स्थानीय पाठ्यक्रम लागू गरिने भएको छ । ती कक्षामा ‘हाम्रो हेटौंडा’ नामक स्थानीय पाठ्यक्रम लागू हुने उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले जानकारी दिइन् ।
हाम्रो हेटौँडा नामको उक्त पुस्तकको छपाइ भइरहेको बताइएको छ । सो पुस्तकमा स्थानीयस्तरको शैक्षिक ज्ञान र सीप, प्रविधि, पेशा, संस्कृति, प्राकृतिक पक्ष, संरक्षण तथा प्रवद्र्धनको विषय समेटिएको छ । उक्त विषयको संरक्षणको जिम्मेवारी स्थानीय सरकारमा रहने भएकाले स्थानीय पाठ्यक्रम लागू गर्न लागिएको उनको भनाइ थियो ।
उपमहानगरमा ७६ सामुदायिक र ५० निजी गरी १२६ विद्यालयका शिक्षकलाई नयाँ पाठ्यक्रमबारे जानकारी गराइएको उपमहानगरपालिकाका शिक्षा महाशाखाका प्रमुख गङ्गाधर रिमालले जानकारी दिए । एक सय ६० पूर्णाङ्क रहेको सो पाठ्यक्रममा कक्षा १ देखि ३ सम्म हप्तामा पाँच घण्टा अध्ययन गर्नुपर्ने व्यवस्था रहेको प्रमुख रिमालले बताए । त्यसमा ६० प्रतिशत सैद्धान्तिक तथा ४० प्रतिशत अङ्क प्रयोगात्मक रहने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्त क्यान्सरपीडित नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण