भारत-चीन सैन्य वार्ता रचनात्मक र फलदायी
भारत र चीनबीचको १६ औँ चरणको कोर्प्सकमाण्डर–स्तरीय बैठक रचनात्मक रुपमा सम्पन्न भएको छ । पूर्वी लद्दाखमा बाँकी रहेका मुद्दाहरूको समाधान र शान्ति पुनःस्थापना गर्न सहयोग गर्ने दुबै देशले जारी गरेको संयुक्त विज्ञप्तिमा उल्लेख छ ।
दुबै पक्षले निकट भविष्यमा सकारात्मक नतिजाको अपेक्षा गरेका छन् । दुबै पक्षहरू निकट सम्पर्कमा रहन र सैन्य तथा कूटनीतिक च्यानलमार्फत वार्ता गर्न सहमत भएका छन् । त्यस्तै, बाँकी मुद्दाहरूको चाँडो भन्दा चाँडो पारस्परिक रूपमा स्वीकार्य हुने गरी समाधान गर्न दुबै पक्ष सहमत भएका भारत–चीन संयुक्त विज्ञप्तिमा भनिएको छ ।
दुवै पक्ष पश्चिमी क्षेत्रमा सुरक्षा र स्थायित्व कायम गर्न सहमत भएका छन् । भारत–चीन कोर्प्स कमाण्डर स्तरको १६ औं चरणको बैठक भारततर्फको चुसुल–मोल्डो सीमा बैठक बिन्दुमा सम्पन्न भएको थियो । बैठकमा दुबै पक्षबीच खुलेर विचार आदानप्रदान भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण