गभर्नरलाई राजीनामा दिएर एमाले बलियो बनाउने काममा लाग्न सांसदको सुझाव
बुधबार, ०४ साउन २०७९, १३ : १०
माओवादी केन्द्रकी सांसद दिल कुमारीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेकी छिन् । बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले आफूमाथि प्रश्न उठेपछि गभर्नरले पदबाट राजीनामा दिएर एमालेको संगठन बलियो बनाउने काममा लाग्न आग्रह गरिन् ।
यस्तै उनले वर्षायाममा मधेशमा सर्पको टोकाइबाट धेरै मानिसहरुको मृत्यु हुने गरेको बताइन् । महोत्तरीमा स्थानीयले २०६९ सालमा चन्दा उठाएर सर्पदंश उपचार अस्पताल बनाएको र सेनाले उपचार गरिरहेको बताइन् ।
त्यहाँ एउटा भेन्टिलेटर पनि नभएको र अक्सिजनको पनि अभाव भएकोले स्वास्थ्य उपचारमा समस्या भएको भन्दै उनले स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण गराइन् । उनले त्यसबारेको भिडियो समेत स्वास्थ्यमन्त्रीलाई पठाएकाले सो भिडियो हेरेर भेन्टिलेटर र अक्सिजनको प्रवन्ध मिलाउन आग्रह गरिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण