सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आदिवासी जनजाति कर्मचारी संगठित

शनिबार, ०७ साउन २०७९, १९ : ५५
शनिबार, ०७ साउन २०७९

राष्ट्र सेवकको रूपमा कार्यरत आदिवासी जनजाति कर्मचारीहरू संगठित भएका छन् । काठमाडौँमा सम्पन्न भेलाले निजामती सेवाका सबै समूहका कर्मचारी सम्मिलित ‘नेपाल आदिवासी जनजाति कर्मचारी महासंघ’ गठन गरेको छ ।

दिलकुमार लिम्बूको अध्यक्षतामा गठित ३५ सदस्यीय कार्यसमितिमा सदन राई वरिष्ठ उपाध्यक्ष, आशिष चौधरी र अशलीमाया तामाङ उपाध्यक्ष तथा जितेन्द्र बलामी महासचिव रहेका छन् ।

त्यसैगरी, विष्णु चौधरी, यसी शेर्पा, डिलबहादुर तामाङ, रञ्जना मुखिया, पवन घर्तीमगर, रचना बुढाथोकी मगर र चक्रबहादुर घर्तीमगर सचिव चयन भएका छन् । त्यस्तै, बिनुका शेर्पा कोषाध्यक्ष र युनिल राई सह–कोषाध्यक्ष चयन भएका छन् । 

भेलामार्फत सुजित चौधरी, विकाश श्रेष्ठ, नविद्र सुनुवार, फूलमाया लिम्बू, हेमराज पुन मगर, अनिल श्रेष्ठ, रमेश सुनुवार, भुवन लिम्बू, जितबहादुर रानामगर, सोनी तामाङ, कविता राई, सन्ध्या सुब्बा, निना राई र धर्मबहादुर थारु सदस्य चयन भएका छन् ।

भेलाले कृष्टि रोकमगरको संयोजकत्वमा तीन सदस्यीय विधान मस्यौदा समिति गठन गरेको छ । विजय मोक्तान र गौतम बुढामगर समितिका सदस्य रहेको छन् ।

हाल तदर्थ समितिको रूपमा गठन गरिएको महासंघले आगामी ६ महिना भित्र महाधिवेशन सम्पन्न गर्ने नवनिर्वाचित अध्यक्ष लिम्बूले जानकारी दिए । अध्यक्ष लिम्बूका अनुसार महासंघमा ८ भन्दा धेरै जातीय कर्मचारी सङ्गठनहरू आबद्ध रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप