विशेषज्ञ लाइसेन्स परीक्षामा ६९ प्रतिशत पास
आइतबार, ०८ साउन २०७९, १३ : ०६
नेपाल मेडिकल काउन्सिलले विशेषज्ञहरूको नाम दर्ता परीक्षामा ६८.५७ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् । शनिबार (हिजो) लिएको परीक्षामा सहभागी भएका ४७४ जनामध्ये ३२५ जना परीक्षार्थी उत्तीर्ण भएका हुन् ।
यस अघि २०७८ माघ २१ र २२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ७७ प्रतिशत सहभागी उत्तिर्ण भएका थिए । विशेष परीक्षामा विभिन्न ४५ वटा विषयमा २३ औँ विशेष परीक्षामा स्नातकोत्तर गरेका परिक्षार्थीहरु सहभागी भएको थिए ।
परीक्षा पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थान सूचना तथा संचार प्रविधि केन्द्रमा भएको परीक्षा विहान १० देखि १२ र दिउसो २ देखि ४ बजेसम्म गरी दुई चरणमा सञ्चालन गरिएको काउन्सिलका रजिष्ट्रार डा कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण