सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोले कर्णाली राजमार्ग अवरुद्ध

मङ्गलबार, १० साउन २०७९, ११ : १५
मङ्गलबार, १० साउन २०७९

पहिरोका कारण सुर्खेत–जुम्ला कर्णाली राजमार्ग अवरुद्ध भएको छ । कालिकोटको खाँडाचक्र नगरपालिकाको जिते भन्ने ठाउँमा मंगलबार बिहान पहिरो खसेसँगै राजमार्ग अवरुद्ध भएको हो । 

प्रदेश प्रहरी कार्यालयका सुचना अधिकारी एवं प्रहरी निरीक्षक हिरा बहादुर पाण्डेका अनुसार गए रातीदेखि परेको अबिरल वर्षाका कारण मंगलबार बिहान उक्त ठाउँमा पहिरो गएको छ । राजमार्ग अवरुद्ध भएसँगै सुर्खेतदेखि जुम्लाका लागि छुटेका सवारी साधनहरु बीचमै रोकिएका छन् भने यात्रुहरु अलपत्र परेका छन् ।

पाण्डेका अनुसार अस्थायी प्रहरी पोष्ट हुम्ला कालिकोटबाट प्रहरीको टोली र स्थानीयको समन्वयमा पहिरो पन्छाउने कार्य भइरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप