सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

नेवाः समुदायले मनाउने गुँला पर्व सुरु (फोटोफिचर)

शुक्रबार, १३ साउन २०७९, ०८ : ३८
शुक्रबार, १३ साउन २०७९

शुक्रबारदेखि नेवाः समुदायले मनाउने गुँला पर्व सुरु भएको छ । नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना अर्थात नवौं महिना शुक्रबारदेखि सुरु भएको हो । 

नेवाः समुदायमा पनि विशेषतः बौद्ध धर्मावलम्बीहरुले मनाउने यो पर्व करिब १ महिनासम्म चल्छ । जुन समयमा बिहान सबेरै स्वयम्भू महाचैत्यमा पुगेर दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्न जाने गर्छन् । 

साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजन कीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरिन्छ । परिक्रमा गर्ने समयमा राँगाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा बजाइन्छ । दाफा, धाः, बाँसुरी, धिम, भुस्यालगायत नौ बाजा बजाउने प्रचलन छ । 

धार्मिक दृष्टिकोणले यस पर्वसँगै नाग पञ्चमी, पञ्चदान, रक्षाबन्धन, गाईजात्रा, मतःयाः, देवपत्तनमा खड्गजात्रा, कृष्णाष्टमी, बाबुको मुख हेर्ने पर्व आउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप