खोला तर्ने क्रममा बगाएर मृत्यु
बुधबार, १८ साउन २०७९, ०७ : २७
त्रियुगा खोलाले बगाएर उदयपुरमा एक पुरुषको मृत्यु भएको छ । त्रियुगा नगरपालिका ७ तिलबारी कौवाईका ५० वर्षीय बौवा चापागाईंको मंगलबार खोला तर्ने क्रममा ज्यान गएको हो ।
बजारबाट घर फर्किने क्रममा त्रियुगा खोला तर्ने क्रममा बाढीले बगाएर चापागाईंको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका निमित्त सूचना अधिकारी प्रहरी निरिक्षक मोहन थापाले बताए । बजारबाट घर फर्कदा बगाएर झन्डै ५० मिटर तल पुर्याउँदा घटनास्थलमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ ।
थापाका अनुसार स्थानीयबासीले कौवाईस्थित त्रियुगा पुल नजिक लडेको देखेर निकाल्दा उनको ज्यान गई सकेको थियो । घटनास्थलको मुचुल्का गरी मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पार्टी पुनर्गठनको प्रतिवेदन तयार गर्ने जिम्मा बादल र शंकरलाई
-
मुख्य सचिव अर्यालको बिदाइ, कार्कीलाई स्वागत
-
दक्षिण–पूर्वी बङ्गलादेशमा पहिरो जाँदा कम्तीमा सात जनाको मृत्यु
-
चार विधेयक सर्वसम्मतिले स्वीकृत
-
त्रिविका उपकुलपति थापासमक्ष २१ बुँदे सुझावपत्र पेस
-
‘राजेन्द्र लिङ्देनबाट अब राप्रपा चल्न सक्दैन, महाधिवेशनबाट परिवर्तन गर्छौं’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण